आज मदन भण्डारी स्पोर्टस् एकेडेमी र एपिएफ भिड्दै

दमक (खेलदैनिक) । दमक गोल्डकप नकआउट फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनलतर्फ आज मदन भण्डारी स्पोर्टस् एकेडेमी र नेपाल एपिएफ क्लब भिड्दै छन् ।

उदघाटन खेलमा झापालाई ०–४ ले हराएको मदन भण्डारी स्पोर्टस् एकेडेमी आज लगातार दोस्रो जित हात पार्ने अभियानमा छ । उता सोझै बाई पाएर क्वाटरफाइनलमा भिड्न लागेको एपिएफ पनि राम्रो लयमा छ । गत सिजन बलिया टोलीलाई कडा चुनौति दिएको एपिएफले आज जित हात पार्दै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा ओर्लिनेछ ।

दमकस्थित दमक बहुमुखी क्याम्पसको खेल मैदानमा दिनको ३ बजे हुने हुने आजको पहिलो क्वाटरफानल खेल कसले जित्ला त ? कुन टोलीलाई समर्थन गर्दै हुनुहुन्छ ?


प्रतिक्रिया दिनुहोस

Loading...