कपिलवस्तुलाई हराउँदै सैनामैना क्वाटरफाइनलमा

सैनामैना (खेलदैनिक) । सैनामैना–११ रुपन्देहीमा जारी प्रथम सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सैनामैना–७, देवापारस्थित सरस्वती माविको खेलमैदानमा बिहीबार सम्पन्न खेलमा सैनामैनाले युनाइटेड कपिलवस्तुलाई टाईब्रेकरमा ५–४ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

नियमित समयतर्फ सैनामैनाका लागि चित्र बहादुर मल्लले गोल गरेका थिए भने कपिलवस्तुका लागि बिक्रम थापाले गोल गरेका थिए । बिहीबारको खेलमा सैनामैनाका गोलरक्षक प्रबिन मल्ल म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत शुक्रबारको क्वाटरफाइनल खेल डिवाईसी कोटिमाई र योङ स्टार कावासोतीबीच हुने आयोजक क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिए ।

जनप्रिय स्र्पोटिङ्ग युवा क्लब, सैनामैना–७, देवापारको आयोजनामा जारी प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, नवलपरासी र चितवनका गरी कुल १२ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ८१ हजार हात पार्नेछ ।

त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीले नगद २०–२० हात पार्ने आयोजक क्लबका अध्यक्ष रानाले बताए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही ५–५ हजार हात पार्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...