दमक (खेलदैनिक) । आजदेखि शुरु हुन गईरहेको दमक गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उदघाट्न खेलमा झापा–११ र मदन भण्डारी स्पोर्टस् एकेडेमी, काठमाडौं भिड्दैछन् ।
खेल दिनको ठिक ३ बजे दमकस्थित दमक बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछ । दमक नगरपालिकाको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित १३ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६ लाह प्राप्त गर्नेछ ।
प्रतियोगितामा आयोजक टोलीसहित कुल १० टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल बैशाख २८ गते शुक्रबार हुने आयोजकले जनाएको छ ।