गोलनेपाल फाउण्डेशनद्वारा सुनसरीको महिला फुटबल टोलीलाई सहयोग

काठमाडौं (खेलदैनिक) । नेपाली फुटबलको क्षेत्रमा एउटा विशेष पहिचान बनाएको गोलनेपाल फाउण्डेशनले सुनसरीस्थित माउण्ट एभरेष्ट स्र्पोटिङ महिला टोलीलाई इन्डष्ट्रिक्टबल फुटबल र खेल सामाग्री वितरण गरेको छ ।

फाउण्डेशनले हरेक महिना युथ फुटबल एकेडेमी तथा महिला फुटबलका लागि आवश्यक खेलकुद सामाग्री सहयोग गर्दै आईरहेको छ । उक्त खेल सामाग्री हस्तान्तरण कार्यक्रममा स्पौृर्टिङ क्लबका उपाध्यक्ष जितेन्द्र राई, सचिव सन्तोष थापा, सदस्यहरु सुबधन राई, यम बहादुर तामाङ, चतुरहाङ राई तथा वरिष्ठ समाजसेवी चन्द्र थापा मगरको उपस्थिति रहेको थियो ।

क्लबमा प्रशिक्षणरत बालिकाहरुलाई सुनसरीस्थित चतरामा प्रशिक्षक सुर्य तुम्बाहाङफेले प्रशिक्षण दिईरहेका छन् । प्रशिक्षक तुम्बाहाङफेले उक्त सहयोगप्रति खुशी व्यक्त गर्दै गोलनेपाल फाउण्डेशनलाई धन्यवाद दिए । त्यस्तै गोलनेपालका प्रमुख कार्यकारी बिक्रम थापाले नेपाली फुटबलको विकासमा आफ्नो सहयोग र समर्थन निरन्तर जारी रहने बताए ।

साथै उक्त कार्यक्रमलाई सफल तुल्याउन पूर्व राष्ट्रिय फुटबलर सन्तोष साहुखलले नगद १० हजार उपलब्ध गराएकोमा प्रमुख कार्यकारी थापाले सहयोगी हातलाई पनि धन्यवाद व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...