गुल्मीकोे जितमा त्रिदेवको ह्याट्रिक

पोखरा (खेलदैनिक) । दोस्रो सेभेन ए साईड भीमकाली कप फुटबल प्रतियोगितामा मंगलबार रत्न समाज, केबी क्लब, बी—१३, गगन टाटु, रञ्जन मेमोरियल, पट्नेरी एम–१२, गुल्मी एफसी र सानीपाटन रामबजारले जित हाँसिल गरेका छन ।

टँुडिखेल खेल मैदानमा जारी मंगलबारको पहिलो खेलमा रत्न समाज क्लवले एलजी ऐकेडमी लाई २–० को गोल अन्तरले पराजित गरेको छ । त्यस्तै केबी क्लब र चैटचैट चैट बीचको खेल १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा केबीले ३–२ गोलले चैटचैट चैटलाई पराजित गरेको छ । बी—१३ बाझपाटनले लामागाँउलाई ३–२ गोलको अन्तरले पराजित गरेको छ ।

गगन टाटु र एल सी ब्रदर्शको खेल गोल रहित बराबरीमा सकिएपछि टाइब्रेकरमा गगन टाटुले एलसी ब्रदर्शलाई ३–२ गोलले पराजित गरेको छ । अर्काे खेलमा रञ्जन मेमोरियलले नदीपुर एफसीलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गरेको छ ।

पट्नेरी एम–१२ ले भदौरे एफसीलाई २–०ले पराजित गरेको छ । गुल्मी एफसीले ल्वाङघलेललाई ५–० गोल अन्तरले पराजित गरेको छ । गुल्मीका त्रिदेव कार्कीले ह्याट्रिक गरेका छन् । त्यसैगरि सानीपाटन रामबजारले गार्डेन एफसीलाई २–० गोलअन्तरले पराजित गरेको छ ।

प्रतियोगितामा ६६ टिम सहभागि छन् । प्रतियोगितामा विजेताले १ लाख २५ हजार, उपविजेता ७५ हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछन् । त्यसैगरि प्रतियोगितामा वेष्ट प्लेयरलाई ५ हजार रुपैयाँ सहित एकथान डिस होम सेट प्रदान गर्ने र सर्वा्धिक गोलकर्ता, वेष्ट डिफेन्डर, किपर, मिडफिल्डर र स्ट्राइकरले जनही ५ हजार रुपैयाँ सहित प्याराग्लाईडिङ उडानको कुपन पाउनेछन् ।

अनुशासित टिमलाई ट्रफि दिइने प्रतियोगिता संयोजक ईश्वर गुरुङ (चन्द्र) ले बताए । प्रतियोगिता वैशाख २२ गतेसम्म संचालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...