दमक (खेलदैनिक) । पूर्वको इलाममा चौथो माइ भ्याली गोल्डकप सकिए लगतै झापाको दमकमा प्रथम दमक गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु हुँदैछ ।
दमक नगरपालिकाको आयोजनामा यहि बैशाख १९ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ । जस अन्तरगत प्रतियोगिताको उदघाटन खेलमा रमपम झापा–११ र मदन भण्डारी स्पोर्टस् एकेडेमी, काठमाडौं भिड्ने भएका छन् ।
आयोजकसहित राष्ट्रियस्तरका कुल १० टोलीहरुको सहभागिता रहने प्रतियोगिताको सबै खेलहरु दमक–९ स्थित दमक बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ ।
आयोजकले प्रतियोगिता सम्पन्न गर्न ९३ लाख खर्च हुने अनुमान गरेको छ । त्यस्तै प्रतियोगिताको फाइनल खेल बैशाख २८ गते शुक्रबार हुनेछ ।