प्रथम सैनामैना मेयर कप बैशाख १८ देखि

रुपन्देही (खेलदैनिक) । प्रथम सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिता यहि बैशाख १८ गतेदेखि शुरु हुन गईरहेको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

सैनामैना–७, देवापारस्थित सरस्वती माविको खेलमैदानमा हुने प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, नवलपरासी र चितवनका गरी कुल १२ टोलीहरुको सहभागिता रहनेछ । सैनामैना नगरपालिकाको संरक्षकत्व तथा जनप्रिय स्र्पोटिङ्ग युवा क्लब, सैनामैना–७, देवापारको आयोजनामा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ८१ हजार हात पार्नेछ ।

त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीले नगद २०–२० हात पार्ने आयोजक क्लबका अध्यक्ष किशोर रानाले बताए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही ५–५ हजार हात पार्नेछन् ।

स्थानीय खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्न तथा समग्र नेपाली फुटबललाई माथी लैजाने अभिप्रायले प्रतियोगिताको आयोजना गरिएको समेत आयोजक क्लबका अध्यक्ष रानाले बताए । सैनामैना नगरपालिकाको प्रतिष्ठासँगै जोडिएको प्रतियोगिताको बजेट १० लाख ४० हजाररहेको आयोजले जनाएको छ । प्रतियोगिताको फाइनल खेल बैशाख २९ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...