आर्मीलाई स्तब्ध पार्दै मनाङ फाइनलमा

इलाम (खेलदैनिक) । मनाङ मस्र्याङ्दी क्लब अन्तर्राष्ट्रिय आमन्त्रण चौथो माइ भ्याली गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा मनाङले अर्को दावेदार टोली त्रिभुवन आर्मी क्लबलाई शून्यकाविरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

इलामस्थित ठूलो टुँडीखेल मैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । यद्यपि दोस्रो हाफतर्फ ५८ औं मिनटमा मनाङका लागि अन्जन बिष्टले फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई महत्वपुर्ण जित दिलाए ।

मनाङले अब उपाधिका लागि शनिबार हुने रुस्लान थ्रीस्टार क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीचको दोस्रो सेमिफाइनलको विजेतासँग बैशाख १७ गते फाइनल खेल्नेछ । माइ भ्याली एफसी, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६,६६,६६६ रुपैयाँ प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...