अन्तिम क्वाटरफाइनलमा आज पुलिस र थ्रीस्टार भिड्दै

इलाम (खेलदैनिक) । अन्तर्राष्ट्रिय आमन्त्रण माइ भ्याली गोल्डकप नकआउट फुटबल प्रतियोगितातर्फ आज अन्तिम क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र रुस्लान थ्रीस्टार क्लब भिड्दै छन् ।

इलामस्थित ठूलो टुँडिखेल मैदानमा हुने ३ बजेदेखि शुरु हुने आजको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । आफ्नो पहिलो खेलमा भारतीय टोलीलाई हराएको पुलिसले गत बर्ष राम्रो लयमा रहेर सिजनको अन्त्य गरेको थियो ।

त्यस्तै थ्रीस्टारले पनि गत महिना मात्र तीन ठूला उपाधि आफ्नो नाममा गरेकोले यसपटक पनि उपाधिको दावेदार मानिएको छ । कसले जित्ला त आजको अन्तिम क्वाटरफाइनल ? कुन टिमलाई समर्थन गर्दै हुनुहुन्छ ?


प्रतिक्रिया दिनुहोस

Loading...