प्रथम भरतपुर–२४ कप फुटबल प्रतियोगिता बैशाख २२ देखि

चितवन (खेलदैनिक) । “खेल खेलौं स्वास्थ्यको लागि, खेलाडी राष्ट्रको लागि” भन्ने मूल नाराका साथ यहि आउँदो बैशाख २२ गतेदेखि प्रथम चितवन–२४ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

भरतपुर नगरपालिका २४, नयाँवस्ती, चितवनस्थित सिद्धार्थ मा.वि. को प्राङ्गणमा ुहने प्रतियोगिताको फाइनल खेल जेठ ६ गते हुनेछ ।

युवा तथा खेलकुद विकास समिति, भरतपुर–२४, चितवनको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ । त्यस्तै उपविजेताले ५५,५५५ रुपैया हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...