आज सिक्किम र आर्मी भिड्दै

इलाम (खेलदैनिक) । इलाममा जारी चौथो माइ भ्याली गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा युनाइटेड सिक्किम एफसीले दावेदार त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । तेस्रो क्वाटरफाइनलतर्फ आज हुने खेलमा धेरैले आर्मीलाई नै बलियो प्रत्याशी मानेका छन् ।

इलामस्थित ठूलो टुँडीखेल मैदानमा हुने आजको खेलमा सिक्किम पनि सकारात्मक नतिजा निकाल्नेमा आशावादी छ । आफ्नो पहिलो खेलमा सिएमजी संकटा क्लबलाई अप्रत्याशित रुपमा हराउँदै क्वाटरफाइनल प्रवेश गरेको सिक्किम आजको खेलमा आत्मविश्वासी पनि छ ।

दिनको ठिक ३ बजे हुने आजको खेलमा सिक्किमले आर्मीलाई पनि स्तब्ध तुल्याउला त ? कति होला आजको नतिजा ? अनुमान लगाउनुहोस् ।


प्रतिक्रिया दिनुहोस

Loading...