तमु धिं युकेद्धारा सहारा एकेडेमी अवलोकन तथा सहयोग

पोखरा (खेलदैनिक) । तमु धिं युकेबाट क्होला सोंथर अध्ययन भ्रमण गरी पोखरा आउनुभएका अध्यक्ष ज्ञाम गुरुङ सहितको समुहले पोखरा १७ दोविल्लास्थित सहारा एकेडेमीको अवलोकन गरेको छ । दोविल्ला पुगेको तमु धिं युकेको समुहलाई सहारा क्लवका अध्यक्ष केशवबहादुर थापा लगायतले स्वागत गरेका थिए ।

कठिन परिस्थितीका २८ जना किशोरहरु रहेको एकेडेमी सञ्चलनार्थ अक्षयकोषमा तमु धिं युकेका उपाध्यक्ष हितकाजी गुरुङ/सिता गुरुङले ५० हजार रुपैया, सल्लाहकार जुमकाजी गुरुङ/कमलादेवी गुरुङले ५० हजार रुपैया सहयोग हस्तान्तरण गरे ।

त्यस्तै एकेडेमीका किशोरहरुका लागि खाजा स्वरुप टोलीकातर्फबाट १० हजार ५६० र खाजा सामग्री तमु धिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, आमा अध्यक्ष प्रेमा गुरुङ लगायतले हस्तान्तरण गरेका थिए । टोलीलाई सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापाले एकेडेमीका बारेमा जानकारी तथा अवलोकन गराएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...