अष्ट्रेलियामा जगजितले गरे आकर्षक गोल (भिडियोसहित)

काठमाडौं (खेलदैनिक) । अष्ट्रेलियामा व्यवसायीक फुटबल खेलिरहेका नेपाली राष्ट्रिय मिडफिल्डर जगजित श्रेष्ठले भिक्टोरियन स्टेट लिग डिभिजन वानमा आफ्नो क्लबका लागि गोल गरेका छन् । स्टेट लिगमा जगजितको टोली प्रिस्टन लायन्स एफसीले सोमबार क्लिफ्टन हिलविरुद्ध ५–० को शानदार जित हात पार्यो ।

उक्त खेलमा जगजित क्लबका लागि दोस्रो गोल गरेका थिए । बक्स नजिकै अनमार्क रहेका जगजितले प्रिस्टनका लागि पोष्ट नजिकैबाट सुन्दर गोल गरेका थिए ।

हेर्नुहोस म्याच हाईलाईट भिडियो र जगजितको गोल :


प्रतिक्रिया दिनुहोस

Loading...