आयोजकलाई हराउँदै मनाङ सेमिफाइनलमा

इलाम (खेलदैनिक) । झिनो अन्तरको जितका साथ मनाङ मस्र्याङ्दी क्लब चौथो माइभ्याली गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न पहिलो क्वाटरफाइनलमा मनाङले आयोजक माइ भ्याली एफसीलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।

ठूलो टुँडीखेल मैदानमा भएको खेलमा मनाङका लागि ३७ औं मिनटमा काचीले एक मात्र निर्णायक गोल गरे । खेलमा आयोजक माइ भ्यालीका तिर्थ बस्नेत म्यान अफ द म्याच घोषित भए । अब सेमिफाइनलमा मनाङले सिक्किम र आर्मीबीचको बिजेतासँग खेल्नेछ ।

प्रतियोगिता अन्तरगत मंगलबारको दोस्रो क्वाटरफाइनल खेल एपिएफ क्लब र झापा–११ बीच हुने आयोजकले जनाएको छ । माइ भ्याली एफसी, इलामको आयोजनामा शुरु प्रतियोगितामा कुल १२ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित ६,६६,६६६ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो बैशाख १७ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...