एन्फाद्वारा केन्द्रिय निर्वाचनको नयाँ मिति घोषणा

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बहुप्रतिक्षित एन्फाको केन्द्रिय निर्वाचनका लागि नयाँ मिति आइतबार घोषणा गरेको छ । एन्फाको निर्वाचन कमिटीले केन्द्रिय निर्वाचन यहि वैशाख २२ गते शनिबार गर्ने घोषणा गरेको हो ।

पटक–पटकको विवाद र किचलोले रोकिएको एन्फाको केन्द्रिय चुनाव अब हुने भएपछि धेरै फुटबलप्रेमीमा आशा पलाएको छ । यसपटक केन्द्रिय अध्यक्ष पदका लागि एन्फाका वर्तमान उपाध्यक्ष मणि कुँवर र पूर्व उपाध्यक्ष कर्मा छिरिङ्ग शेर्पा भिड्दै छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...