माल्दिभ्समा व्यवसायिक फुटबल खेलेर स्वदेश फर्किए साबित्रा र अनिता

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय महिला फुटबलरद्वय साबित्रा भण्डारी र अनिता बस्नेत माल्दिभ्समा व्यवसायिक फुटबल खेलेर स्वदेश फर्किएका छन् । माल्दिभ्स पुलिस टिमबाट माल्दिभ्स फुटसल फिस्टाका लागि व्यवसायीक फुटबल खेल्न माले पुगेका साबित्रा र भण्डारी नेपाल फर्किएका हुन् ।

पुलिस टोलीबाट माल्दिभ्स फुटसल फिस्टा खेलेका दुवै नेपाली चेलीले पुलिस टिमलाई फाइनलसम्म पुराउन महत्वपूर्ण भूमिका खेलेका थिए । यद्यपि माल्दिभ्स पुलिस क्लब फाइनलमा एमपिएलसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

माल्दिभ्स फुटसल फिस्टामा क्वीन अफ द टुर्नामेन्टको पुरस्कार ग्रहण गर्दै साबित्रा भण्डारी । (तस्विर : क्लब माल्दिभ्स)

प्रतियोगिता भरि शानदार प्रदर्शन गर्दै १९ गोल गरेकी साबित्रा भण्डारी प्रतियोगिताको उच्च गलकर्ता तथा क्वीन अफ द टुर्नामेन्ट समेत घोषित भएकी थिईन् । त्यस्तै अनिता बस्नेतले भने कुल ११ गोल गरेकी थिईन् ।


प्रतिक्रिया दिनुहोस

Loading...