संकटालाई स्तब्ध पार्दै सिक्किम क्वाटरफाइनलमा

इलाम (खेलदैनिक) । सिएमजी संकटा क्लबलाई स्तब्ध पार्दै युनाइटेड सिक्किम चौथो माइभ्याली गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल प्रवेश गर्ने क्रममा सिक्किमले संकटालाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हरायो ।

ठूलो टुँडीखेल मैदानमा शनिबार भएको खेलमा सिक्किमका लागि सन्जय क्षेत्रीले खेलको ३१ औं मिनटमा एक मात्र निर्णायक गोल गरे । शनिबारको खेलमा सिक्किमका गोलरक्षक उर्गेन शेर्पा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत आइतबारको खेल दुर्गापुर स्टील, कोलकाता (भारत) र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ । माइ भ्याली एफसी, इलामको आयोजनामा शुरु प्रतियोगितामा कुल १२ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित ६,६६,६६६ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो बैशाख १७ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...