बंगलादेशी क्लबलाई हराउँदै एपिएफ क्वाटरफाइनलमा

इलाम (खेलदैनिक) । सशस्त्र प्रहरीको एपिएफ क्लब इलाममा जारी चौथो माइभ्याली गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार इलामस्थित ठूलो टुँडिखेल मैदानमा सम्पन्न खेलमा एपिएफले कावरान प्रगति संघ, बंगलादेशलाई ३–१ ले हरायो । एपिएफको जितमा खेलको दशौं मिनटमै युवराज खड्काले पहिलो गरे भने ३५ औं मिनटमा रुप लामाले एपिएफका लागि दोस्रो गोल गरे ।

त्यस्तै ४८ औं मिनटमा नबिन लामाले गोल गर्दै एपिएफको अग्रता तेब्बर पारेका थिए । उता पराजित कावरानका लागि ७८ औं मिनटमा आलमगिरले एक मात्र सान्त्वना गोल फर्काए । शुक्रबारको खेलमा एपिएफका रुप लामा म्यान अफ म्याच घोषित भए ।

माइभ्याली एफसी, इलामको आयोजनामा जारी प्रतियोगिता अन्तरगत शनिबारको खेल सिएमजी संकटा क्लब र सिक्किम युनाइटेड भारतबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...