साफ च्याम्पियनसिपमा नेपालको पहिलो भिडन्त पाकिस्तानसँग (खेलतालिकासहित)

काठमाडौं (खेलदैनिक) । बंगलादेशको राजधानी ढाकामा यहि आउँदो सेप्टेम्बर ४ देखि १५ तारीखसम्म हुन गईरहेको साफ सुजुकी कपतर्फ नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको सामना गर्ने भएको छ ।

ढाकामा बुधबार निकालिएको आधिकारिक ड्र अनुसार नेपालले सेप्टेम्बर ४ तारीखका दिन पाकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यस्तै ६ सेप्टेम्बरमा भूटानसँग भिड्नेछ भने ८ सेप्टेम्बरमा समूह चरणको अन्तिम खेल आयोजक बंगलादेशसँग खेल्नेछ ।

आयोजक बंगलादेश, पाकिस्तान र भूटानसँगै समूह ए मा रहेको नेपाललाई यसपटक पनि बलियो प्रत्याशी नै मानिएको छ । समूह बी तर्फ साविक विजेता भारत सहित माल्दिभ्स र श्रीलंका रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...