नेपाल आयोजक बंगलादेशसँगै एउटै समूहमा

काठमाडौं (खेलदैनिक) । यसै बर्ष बंगलादेशको राजधानी ढाकामा हुन गईरहेको साफ सुजुकी कपतर्फ नेपाल आयोजक बंगलादेशसँगै समूह ए मा परेको छ । बुधबार बंगलादेशको राजधानी ढाकामा निकालिएको आधिकारिक ड्र अनुसार नेपाल र बंगलादेशसहित,पाकिस्तान र भुटान समूह ए मा परहेका छन् ।

त्यस्तै डिफेन्डिङ्ग च्याम्पियन भारत, माल्दिभ्स र श्रीलंका भने समूह बी मा रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । यस बर्षको साफ च्याम्पियनसिप यहि आउँदो सेप्टेम्बर ४ देखि १५ तारीखसम्म बंगलादेशको राजधानी ढाकामा हुँदैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...