दोस्रो पाँचथर गोल्डकपमा नवयुग ‘सर्वोत्कृष्ट’

फिदिप (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबलर तथा विभागीय टोली त्रिभुवन आर्मी क्लबका स्टार फरवार्ड नवयुग श्रेष्ठ दोस्रो पाँचथर गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट खेलाडी बनेका नवयुगले पुरस्कार स्वरुप एक थान मोटरसाईकल हात पारेका छन् ।

बिर्ता युनाइटेडका लागि खेलेका नवयुगले प्रतियोगिता अन्तरगत आइतबार सम्पन्न फाइनल खेलमा बिर्ताले न्यू स्टार क्लब, सुनसरीलाई ४–१ ले हराउँदै उपाधि जितेको थियो । फाइनल खेलमा बिर्ता युनाइटेडका लागि नवयुगले दुई गोल समेत गरेका थिए । प्रतियोगिताको उच्च गोलकर्ता समेत बनेका नवयुगले नगद १० हजार पनि आफ्नो पोल्टामा पारे ।

बिर्ता युनाइटेडको फुटबल टोली ।

प्रतियोगिताको बिजेता बनेको बिर्ता युनाइटेडले उपाधिसहित ३,५,५५५ रुपैया प्राप्त गरेको छ भने उपविजेता बनेको न्यू स्टारले १,५५,५५५ रुपैयामा चित्त बुझाएको छ । पाँचथर क्लब, पाँचथरको आयोजनामा सम्पन्न प्रतियोगितामा मोफसल र काठमाडौंका गरी कुल आठ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...