राधाकृष्णलाई भू.पू. सैनिक कपको उपाधि

बुटवल (खेलदैनिक) । राधाकृष्ण फुटबल क्लबले बुटवलमा सम्पन्न दोस्रो भू.पू. सैनिक कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । बुटवल–१३, सालघारीस्थित जवई खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा राधाकृष्णले फूलबारी गाईजलाई टाईब्रेकरमा ४–२ ले हराउँदै उपाधि जितेको हो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । फाइनल खेलको म्यान अफ द म्याच राधाकृष्णका गोलरक्षक बिमल थापा घोषित भए । विजेता बनेको राधाकृष्णले उपाधिसहित नगद १,५१,१११ रुपैया हात पारेको छ भने उपविजेता बनेको फूलबारीले ७५,५५५ रुपैयामा चित्त बुझाएको छ ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक राधाकृष्णका बिमल थापा घोषित भए भने उत्कृष्ट डिफेन्डर फूलबारीका आशिष गुरुङ्ग घोषित भए । त्यस्तै उत्कृष्ट मिडफिल्डर फूलबारी कै गौरव बुढाथोकी घोषित भए भने उत्कृष्ट फरवार्ड राधाकृष्णका फफोना घोषित भए । त्यसैगरी प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी फूलबारीका सबी गुरुङ्ग घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट घोषित सबैले जनही ५–५ हजार हात पारे ।

भू.पू. सैनिक जवई स्र्पोटिङ्ग क्लब, बुटवल–१३ को आयोजनामा सम्पन्न प्रतियोगितामा रुपन्देहीका कुल १२ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...