“नयाँ बर्ष, नयाँ शुरुवात” : सिइओ थापा

काठमाडौं (खेलदैनिक) । नेपालीहरुको नयाँ बर्ष २०७५ सालको सुखद अवसरमा बिबा पब्लिकेशन्सका प्रमुख कार्यकारी बिक्रम थापाले पनि सबैमा शुभकामना व्यक्त गरेका छन् । सिइओ थापाले नयाँ बर्षको आगमनसँगै आफूहरुले नेपाली फुटबल र खेलकुदमा अझ नयाँ र राम्रो गर्दै जाने बताए ।

सिइओ थापाले भने हामी नेपाली फुटबल र खेल क्षेत्रका लागि गोलनेपाल डटकम र खेलदैनिक डटकमको माध्यमबाट आउने दिनहरुमा थप उत्कृष्टताका साथ काम गर्दै जानेछौ. । यो नयाँ बर्ष (२०७५) मा हामीले धेरै कुराहरु गर्न चाहन्छौं । यी सबै कुराहरु हाम्रा शुभचिन्तकहरुको समर्थन र मायाबाट नै सम्भव हुनेछ ।

नयाँ बर्षको अवसरमा सिइओ थापाले बिबा पब्लिकेशन्स अन्तरगत गोलनेपाल र खेलदैनिकलाई सहयोग, समर्थन, हौसला, माया प्रदान गर्नुहुने सबै शुभेच्छुक, खेलप्रेमी, प्रायोजकहरु सबैलाई धन्यवाद समेत दिए । साथै आगामी दिनहरुमा पनि सबैको साथ पाएर थप अगाडी बढ्दै जाने विश्वास समेत व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...