संघर्षपूर्ण जितका साथ राधाकृष्ण फाइनलमा

बुटवल (खेलदैनिक) । राधाकृष्ण फुटबल क्लब बुटवलमा जारी दोस्रो भू.पू. सैनिक कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बुटवल–१३, सालघारीस्थित जवई खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनलमा सुनौलो शान्ति क्लबलाई टाईब्रेकरमा ३–१ ले हराउँदै राधाकृष्ण फाइनलमा प्रवेश गरेको हो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । नियमित समयतर्फ राधाकृष्णका लागि बिदेशी खेलाडी फफुना र किरन थापाले एक–एक गोल गरे भने पराजित सुनौलो शान्तिका लागि रबिन थापा र बिमल श्रीसले गोल गरेका थिए ।

बिहीबारको खेलमा सुनौलो शान्तिका गोलरक्षक दिपेश परियार म्यान अफ द म्याच घोषित भए । अब उपाधिका लागि राधाकृष्णले फूलबारी गाईजसँग शनिबार फाइनल खेल्नेछ । भू.पू. सैनिक जवई स्र्पोटिङ्ग क्लब, बुटवल–१३ को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...