साफ च्याम्पियनसिपको लोगो सार्वजनिक

काठमाडौं (खेलदैनिक) । बंगलादेशको राजधानी ढाकामा हुन गईरहेको प्रतिष्ठित साफ च्याम्पियनसिप २०१८ को आधिकारिक लोगो सार्वजनिक गरिएको छ । ढाकामा आउँदो सेप्टेम्बर ४ देखि ११ तारीखसम्म हुने प्रतियोगितामा नेपालसहित कुल सात सार्क राष्ट्रहरुले सहभागिता जनाउँदैछन् ।

बंगबन्धु नेशनल स्टेडियममा हुने च्याम्पियनसिपमा सहभागिता जनाउने राष्ट्रहरुले तयारी समेत शुरु गरिसकेका छन् । भारत प्रतियोगिताको डिफेन्डिङ्ग च्याम्पियन हो । प्रतियोगिताको उपाधि नेपालले भने अहिलेसम्म जित्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस

Loading...