आयोजकलाई स्तब्ध पार्दै फूलबारी फाइनलमा

बुटवल (खेलदैनिक) । फूलबारी गाईज बुटवलमा जारी दोस्रो भू.पू. सैनिक कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार बुटवल–१३, सालघारीस्थित जवई खेल मैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक भू.पू. सैनिक जवई स्र्पोटिङ्ग क्लब ए लाई १–३ ले हराउँदै फूलबारी उपाधि नजिक पुगेको हो ।

फूलबारको जितमा रितेश मल्ल, सुरज हमाल र रन्जित थापाले एक–एक गोल गरे । उता पराजित आयोजक टोलीका लागि अफ्रिकी खेलाडी सेगुनले एक मात्र गोल फर्काए । बुधबारको खेलमा फूलबारीका कप्तान आशिष गुरुङ्ग म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत बिहीबारको दोस्रो सेमिफाइनल खेल सुनौलो शान्ति क्लब र राधाकृष्ण फुटबल क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिए ।

भू.पू. सैनिक जवई स्र्पोटिङ्ग क्लब, बुटवल–१३ को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल नेपाली नयाँ बर्ष अर्थात् २०७५ बैशाख १ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...