बिमलको निर्णायक गोलसँगै सुनौलो शान्ति सेमिफाइनलमा

बुटवल (खेलदैनिक) । सुनौलो शान्ति क्लब बुटवलमा जारी दोस्रो भू.पू. सैनिक कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार बुटवल–१३, सालघारीस्थित जवई खेल मैदानमा भएको अन्तिम क्वाटरफाइनलमा जनज्योति क्लबलाई शुन्यकाविरुद्ध १ गोलले हराउँदै सुनौलो शान्ति अन्तिम चारमा प्रवेश गरेको हो ।

सुनौलो शान्तिको जितमा दोस्रो हाफतर्फ ५२ औं मिनटमा बिमल श्रीसले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता बिमल खेलको म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक भू.पू. सैनिक जवई स्र्पोटिङ्ग क्लब र फूलबारी गाईजबीच हुने आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिए ।

भू.पू. सैनिक जवई स्र्पोटिङ्ग क्लब, बुटवल–१३ को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल नेपाली नयाँ बर्ष अर्थात् २०७५ बैशाख १ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...