बिराट गोल्डकपमा अनन्त बने सर्वोत्कृष्ट खेलाडी (फोटो फिचर्स)

सर्वोत्कृष्ट खेृलाडी थ्रीस्टारका अनन्त तामाङ ।

बिराटनगर (खेलकुद) । सोमबार सम्पन्न प्रतिष्ठित बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रुस्लान थ्रीस्टारका अनन्त तामाङ घोषित भएका छन् । उनले पुरस्कार स्वरुप एक थान मोटरसाईकल हात पारे ।

उत्कृष्ट गोलरक्षक थ्रीस्टारका एलन न्यौपाने ।

शहिद मैदानमा सम्पन्न फाइनल खेलमा आर्मीलाई ३–० ले हराउँदै सिजनको पाँचौं उपाधि जितेको थ्रीस्टारका एलन न्यौपाने उत्कृष्ट गोलरक्षक घोषित भए । त्यस्तै आर्मीका बिमल पाण्डे उत्कृष्ट डिफेण्डर घोषित भए भने थ्रीस्टारका सुनिल बल उत्कृष्ट मिडफिल्डर घोषित भए ।

उत्कृट डिफेन्डर आर्मीका बिमल पाण्डे ।

त्यसैगरी आर्मीका कप्तान भरत खवास उत्कृष्ट फरवार्ड घोषित भए भने प्रतियोगिता भरि कुल चार गोल गरेका थ्रीस्टारका बिमल घर्ती मगरले उच्च गोलकर्ताको पुरस्कार जिते । थ्रीस्टारका प्रशिक्षक मेघराज केसी उत्कृष्ट प्रशिक्षक घोषित हुँदा थ्रीस्टारकै मुकेश नकर्मीले उत्कृष्ट म्यानेजरको पुरस्कार जिते ।

फेयर प्ले अवार्ड नेपाल पुलिस क्लबले जित्यो । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २५–२५ हजार हात पारे ।

उत्कृष्ट मिडफिल्डर थ्रीस्टारका सुनिल बल ।

उत्कृष्ट फरवार्ड आर्मीका भरत खवास ।

उच्च गोलकर्ता बन्दै गोल्डेन बुट जितेका थ्रीस्टारका बिमल घर्ती मगर ।


प्रतिक्रिया दिनुहोस

Loading...