मकवानपुर जिल्ला फुटबल संघमा लामा

हेटौडा (खेलदैनिक) । पटक–पटकको विवाद पश्चात् मकवानपुर जिल्ला फुटबल संघको जिल्ला अधिवेशनले टिका लामाको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको छ । हेटौँडामा भएको अधिवेशनले लामाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले प्रथम उपाध्यक्षमा सुविन घिमिरे, द्वितिय उपाध्यक्षमा अजय मानन्धर, तृतिय उपाध्यक्षमा राजकुमार श्रेष्ठलाई चयन गरेको हो । अधिवेशनले सदस्यहरुमा मनिष श्रेष्ठ, अमृत लुङ्वा, सञ्जयकुमार महर्जन, अतुल बर्मा, राजेन्द्रकुमार श्रेष्ठ, विमल श्रेष्ठ, युनाल मल्ल, छवि सुवेदी र शुसिला अर्याललाई चयन गरेको छ ।

अधिवेशनमा एन्फाको केन्द्रीय कमिटिले उपमहासचिव समेत रहेका सञ्जिव मिश्रलाई प्रतिनिधि बनाएर पठाएको छ । मिश्रकै अगुवाईमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा बोल्दै मिश्रले अब आउँदो २७ गते भक्तपुरमा पनि अधिवेशन हुने र बैशाखभित्र केन्द्रीय अधिवेशन हुने बताए ।

(शब्द / तस्विर : विक्रम कुमार बाँनिया क्षेत्री)


प्रतिक्रिया दिनुहोस

Loading...