मैत्रीपूर्ण फुटबलमा भारतसँग नेपाल पराजित

काठमाडौं (खेलदैनिक) । कतारको दोहा स्टेडियममा सम्पन्न कतारको नेपाली राष्ट्रिय फुटबल टोली र भारतीय फुटबल टोलीबीच भएको मैत्रीपूर्ण फुटबल म्याचमा नेपाल पराजित भएको छ ।

कतार इण्डियन फुटबल संघको छैटौं संस्करणका लागि आयोजित मैत्रीपूर्ण फुटबल म्याचमा नेपालले ०–१ को हार बेहोरेको हो । दुवै टोलीले राष्ट्रियस्तरका फुटबल खेलाडीहरु उतारेका थिए ।

नेपाली टोलीबाट राष्ट्रिय फुटबलर सुजल श्रेष्ठ तथा नेपाली यु–२३ किशोर गिरी, निरज बस्नेतले खेलेका थिए भने भारतीय टोलीबाट पनि सन्दिप तथा यु–१७ विश्वकप खेलेका खेलाडीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...