बिवेकको निर्णायक गोलसँगै जनज्योति क्वाटरफाइनलमा

बुटवल (खेलदैनिक) । जनज्योति युवा क्लब, डिङ्गरनगर बुटवलमा जारी दोस्रो भू.पू. सैनिक कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुटवल–१३, सालघारीस्थित जवई खेल मैदानमा भएको खेलमा जनज्योतिले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपललाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै क्वाटरफाइनल यात्रा पक्का गरेको हो ।

जनज्योतिको जितमा विवेक दर्लामीले एक मात्र निर्णायक गोल । निर्णायक गोल गरेका जनज्योतिका विवेक दर्लामी म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत शुक्रबार दुई खेल हुने आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिए ।

बुधबार स्थगित गरिएको पश्चिमाञ्चल प्रहरी तालिम केन्द्र, बुटवल र फुलबारी गाईजबीचको पहिलो खेल बिहान ७ बजेदेखि शुरु हुनेछ भने दोस्रो खेल झरना स्पोर्टस् क्लब र गोर्खा ब्वाईज क्लबबीच दिनको ३ बजेदेखि शुरु हुने अध्यक्ष पुनले जानकारी दिए ।

भू.पू. सैनिक जवई स्र्पोटिङ्ग क्लब, बुटवल–१३ को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल नेपाली नयाँ बर्ष अर्थात् २०७५ बैशाख १ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...