दोस्रो भू.पू. सैनिक कप शुरु, लिस्नुको शानदार शुरुवात

बुटवल (खेलदैनिक) । मंगलबारदेखि शुरु दोस्रो भू.पू. सैनिक कप नकआउट फुटबल प्रतियोगितामा लिस्नु युवा क्लब, कोटिहवाले शानदार शुरुवात गरेको छ । बुटवल–१३, सालघारीस्थित जवई खेल मैदानमा सम्पन्न उदघाटन खेलमा लिस्नुले आयोजक भू.पू. सैनिक जवई स्र्पोटिङ्ग क्लब बी लाई ४–१ ले हरायो ।

लिस्नुको जितमा सरोज थापाले दुई गोल गरे भने सबिन पुन र सुर्य थापाले एक–एक गोल गरे । उता पराजित आयोजक बी टोलीका लागि शेर बहादुर थापाले एक मात्र सान्त्वना गोल फर्काए । मंगलबारको उदघाटन खेलमा लिस्नुका सुर्य थापा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत चैत्र २१ गते बुधबारको खेल पश्चिमाञ्चल क्षेत्रीय प्रहरी तालिम केन्द्र, बुटवल र फुलबारी गाईज, बुटवलबीच हुने आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिए ।

भू.पू. सैनिक जवई स्र्पोटिङ्ग क्लब, बुटवल–१३ को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल नेपाली नयाँ बर्ष अर्थात् २०७५ बैशाख १ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...