सुदुरपश्चिमलाई राजर्षि जनक गोल्डकपको उपाधि

सर्लाही (खेलदैनिक) । नेपाल आर्मी क्लब निर्धारित समयमा मैदानमा उपस्थित नभएपछि सुदुरपश्चिम–११ लाई दोस्रो राजर्षि जनक गोल्डकपको विजेता घोषणा गरिएको छ । शनिबार भएको फाइनल भिडन्त झडपका कारण रोकिएपछि उक्त खेललाई पूनः आइतबार खेलाइने आयोजकले जनाएको थियो ।

तर निर्धारित समयसम्म पनि आर्मीको टोली मैदानमा उपस्थित नभएपछि आयोजकले सुदुरपश्चिमलाई विजेता घोषणा गरेको थियो । शनिबार भएको फाइनल खेलमा सुदुरपश्चिमका अफिकी खेलाडी आरोनलाई कुटपिट गरेपछि आर्मीका बिकेश कुथु, दिपक गुरुङ्ग र विकास तामाङलाई रातो कार्ड देखाइएको थियो ।

सोही खेलमा कुटाई खाएका अफ्रिकी खेलाडी आरोनले पनि आर्मीका भरत खवासलाई फाउल गरेपछि रातो कार्ड खाएका थिए । त्यसपछि नै खेलमा चर्को विवाद चुलिएको थियो र खेल बीचैमा स्थगित गरिएको थियो । बागमती युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको बिजेता कककबनेको सुदुरपश्चिमले उपाधिसहित नगद ५ लाख समेत हात पारेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...