सिएमजी संकटा कटारी मेयर गोल्डकपको फाइनलमा

उदयपुर (खेलदैनिक) । सिएमजी संकटा क्लब चौथो कटारी मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा गोर्खा ब्वाईज क्लब, रुपन्देहीलाई ०–३ ले हराउँदै संकटा फाइनलमा प्रवेश गरेको हो ।

कटारी टाईगर फिल्डमा भएको खेलमा संकटाका लागि खेलको २९ औं मिनटमा प्रकाश बुढाथोकीले पहिलो गोल गरेका थिए । अन्तिम पाँच मिनटमा दुई गोल गरेको संकटाका लागि दोस्रो गोल ८७ औं मिनटमा इब्राहिम कायोडेले गरे । कायोडे खेलको म्यान अफ द म्याच समेत घोषित भए । त्यस्तै तेस्रो गोल ९० औं मिनटमा सन्त गुरुङले गर्दै संकटाको शानदार जित सुनिश्चित गरे ।

साथी समूह, कटारी उदयपुरको आयोजनामा जारी प्रतियोगिताको फाइनलमा अब संकटाले रमपम झापा–११ को सामना गर्नेछ । फाइनल खेल यहि चैत्र १७ गते शनिबार हुनेछ । कुल आठ टोलीको सहभागिता रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...