यमनविरुद्ध अग्रपंक्तिको जिम्मेवारी बिमल र नवयुगले सम्हाल्ने

काठमाडौं (खेलदैनिक) । एएफसी एसिया कप २०१९ को छनौट खेलतर्फ नेपालले आज समूह चरणको अन्तिम खेलमा दोस्रो लेगतर्फ यमनविरुद्ध भिड्दैछ । दोहास्थित कतार स्पोर्टस् कम्प्लेक्समा नेपाली समयअनुसार बेलुका ९ बजे (स्थानीय सम ६:१५) देखि शुरु हुने नेपाल र यमनबीचको खेलमा नेपाली टोलीको अग्रपंक्तिको जिम्मा बिमल घर्ती मगर र नवयुग श्रेष्ठले सम्हाल्ने भएका छन् ।

छनौट चरणबाट बाहिरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको भिडन्त पनि हुनेछ । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक तथा कप्तान दुवैले आजको खेल महत्वपूर्ण रहेको बताईसकेका छन् ।

समूह एफ मा रहेको नेपाल र यमनसहित फिलिपिन्स र ताजिकिस्तान छन् । त्यस्तै आज नै अर्को महत्वपूर्ण खेलमा फिलिपिन्स र ताजिकिस्तान पनि भिड्दै छन् । समूहको शिर्ष दुई स्थानमा रहेको टोली आगामी बर्ष युएईमा हुने एएफसी एसिया कप २०१९ का लागि छनौट हुनेछन् ।

यमनविरुद्ध उत्रिने सम्भावित नेपाली टोली

गोलरक्षक : किरण चेम्जोङ
डिफेन्डर : बिराज महर्जन (कप्तान), आदित्य चौधरी, अनन्त तमाङ, दिनेश राजवंशी
मिडफिल्डर : सुनिल बल, बिशाल राई, रोहित चन्द, अन्जन बिष्ट
फरवार्ड : बिमल घर्ती मगर, नवयुग श्रेष्ठ


प्रतिक्रिया दिनुहोस

Loading...