योङ स्टार फाइनलमा, उपाधिका लागि देशभक्तसँग भिड्ने

बर्दघाट (खेलदैनिक) । योङ स्टार क्लब र देशभक्त युक्त क्लब दोस्रो पञ्चनगर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा योङ स्टारले भैरव स्पोर्टस् क्लबलाई शून्यकाविरुद्ध १ ले हराउँदै फाइनल स्थान पक्का गर्यो ।

बर्दघाट–९ भुताहास्थित स्थानीय खेल मैदानमा सम्पन्न खेलको ३७ औं मिनटमा योङ स्टारका लागि कृपा चौधरीले एक मात्र निर्णायक गोल गरे । खेलमा योङ स्टार कै बरसात गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको फाइनल खेल यहि चैत्र १२ गते सोमबार देशभक्त युवा क्लब र योङ स्टार क्लबबीच हुने आयोजकका खेल संयोजक दिपक रानाले जानकारी दिए । देशभक्त यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।

पञ्चनगर युथ सर्कल, बर्दघाट–९, भुताहाको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद १ लाख १० हजार प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ । त्यस्तै उत्कृष्ट विधागततर्फ पनि उत्कृष्ट नगद पुरस्ककारको व्यवस्था गरिएको प्रतियोगिताका खेल संयोजक दिपक रानाले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...