फिफा वरियतामा तल खस्कियो नेपाली महिला फुटबल टोली

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय महिला फुटबल टोली विश्व फुटबलको नियमनकारी निकाय फिफाको नयाँ वरियतामा ३ स्थान तल झरेको छ । नयाँ वरियताअनुसार नेपाल ११३६ अंकका साथ तीन स्थान तल झर्दै ९४ औं स्थानमा पुगेको छ ।

दक्षिण एसियातर्फ भने नेपाल दोस्रो स्थानमा छ । त्यस्तै फिफा वरियताको ५९ औं स्थानमा रहेको भारत दक्षिण एसियाली राष्ट्रतर्फ शिर्ष स्थानमा छ भने १०२ औं स्थानमा रहेको बंगलादेश तेस्रो स्थानमा छ । त्यस्तै १०३ औं स्थानमा रहेको श्रीलंका चौथो स्थानमा छ । १०६ औं स्थानमा रहेको अफगानिस्तान पाँचौं स्थानमा रहँदा ११३ औं स्थानमा रहेको भुटान छैंटौं स्थानमा छ ।

उता फिफाको विश्व वरियताको शिर्ष स्थानमा अमेरिका छ भने इङल्याण्ड र जर्मनी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...