कतार जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाई

काठमाडौं (खेलदैनिक) । एएफसी एसियन कप २०१९ को छनौट खेलतर्फ यमनविरुद्ध समूह चरणको अन्तिम खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाई गरिएको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बीच राष्ट्रिय फुटबल टोलीका सदस्यहरुलाई बिदाई गरिएको हो । छनौट चरणतर्फ समूह एफ मा रहेको नेपालले मार्च २७ तारीखका दिन कतारको दोहास्थित कतार स्पोर्टस् क्लब स्टेडियममा यमनविरुद्ध स्थानीय समयअनुसार ६:१५ बजे खेल्नेछ ।

प्रतियोगिताबाट बाहिरिसकेको नेपालका लागि यमनविरुद्धको खेल प्रतिष्ठाको भिडन्त समेत हुनेछ । समूह एफ मै रहेका फिलिपिन्स र ताजिकिस्तानबीचको महत्वपूर्ण खेल पनि सोही दिने हुँदैछ । प्रत्येक समूहको शिर्ष २ टोली आगामी बर्ष युएईमा हुने एएफसी एसियन कपका लागि छनौट हुनेछन् ।

नेपालले कतारमा यमनविरुद्ध खेलेपछि मलेसियातर्फ प्रस्थान गर्नेछ । मलेसियाको विशेष निम्तोमा नेपाली राष्ट्रिय फटबल टोलीले मलेसियाको राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने कार्यक्रम समेत छ ।

नेपाली राष्ट्रिय फुटबल टोली:

गोलकिपर : किरण चेम्जोङ, एलन न्योपाने, विकेश कुथु

डिफेन्डर : बिराज महर्जन, रजिन धिमाल, देवेन्द्र तामाङ, दिनेश राजवंशी, आदित्य चौधरी, अनन्त तामाङ

मिडफिल्डर : बिशाल राई, रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, सुजल श्रेष्ठ, सुनिल बल, अन्जन बिष्ट, भरत खवास

फरवार्ड : बिमल घर्ती मगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सुमन लामा


प्रतिक्रिया दिनुहोस

Loading...