नेपाल र यमनबीचको खेलमा प्रवेश निःशुल्क

काठमाडौं (खेलदैनिक) । एएफसी एसियन कप २०१९ को छनौट खेलतर्फ नेपाल र यमनबिचको अन्तिम खेलमा दर्शकहरुका लागि प्रवेश निःशुल्क गरिएको छ । समूह एफ मा यमन, फिलिपिन्स र ताजिकिस्तानसँगै रहेको नेपालको लागि यमनविरुद्धको खेल प्रतिष्ठाको भिडन्त हुनेछ ।

छनौट चरणबाटै बाहिरि सकेको नेपालले पहिलो लेगमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । चर्चित नेपाली फुटबल साईट गोलनेपाल डटकमका अनुसार कतार स्पोर्टस् क्लब स्टेडियममा यहि मार्च २७ तारीखका दिन स्थानीय समयअनुसार ६:१५ मा शुरु हुने नेपाल र यमनबीचको खेल दर्शकहरुले निःशुल्क हेर्न पाउने छन् ।

समूहको शिर्ष दुई स्थानमा रहने टोली आगामी बर्ष युएईमा हुने एएफसी एसियन कपका लागि छनौट हुनेछ । समूह एफ बाट फिलिपिन्स, यमन र ताजिकिस्तानको फाइनल चरणका लागि छनौट हुने सम्भावना कायम छ । समूह चरणबाट बाहिरिसकेको नेपाल भने यमनविरुद्ध सम्मानजनक नतिजा निकाल्दै प्रतियोगिताको सुखद समापन गर्न चाहन्छ ।


प्रतिक्रिया दिनुहोस

Loading...