बिराट गोल्डकपका लागि फ्लडलाईट तयार

बिराटनगर (खेलदैनिक) । मोफसलको प्रतिष्ठित मध्ये एक बिराट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फ्लडलाईटमा खेलाउने तयारी पूरा भएको आयोजकले जनाएको छ ।

यहि चैत्र १७ गतेदेखि शहिद रंगशालामा शुरु हुने प्रतियोगिताको खेलहरु बेलुका पनि खेलाउन मिल्ने गरी अस्थायी फ्लडलाईटको व्यवस्था गरिएको छ । रंगशालामा जडान गरिएको फ्लडलाईट फिफा र एएफसीले तोकेअनुरुप नभए तापनि उक्त प्रकाशमा प्रतियोगिताका खेलहरु खेलाउन मिल्ने आयोजकले जनाएको छ ।

कुल दश टोलीहरुको सहभागिता रहने प्रतियोगिताको बिजेताले उपाधिसहित नगद १२ लाख ७१ हजार प्राप्त गर्ने समेत आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...