यमन विरुद्ध भिड्न नेपाली राष्ट्रिय फुटबल टोलीको तयारी तस्विरहरुमा हेर्नुहोस् (फोटोफिचर्स)

काठमाडौं (खेलदैनिक) । एएफसी एसियन कप छनौटतर्फ तेस्रो चरणको खेल अन्तरगत समूह एफ मा रहेको नेपालले आफ्नो अन्तिम खेल यमनविरुद्ध २७ मार्चमा खेल्दैछ । कतारको दोहास्थित सुहिम बिन हमाद स्टेडियममा हुने सो खेल नेपालका लागि प्रतिष्ठाको भिडन्त पनि हुनेछ ।

समूह एफ मा एउटै खेल नजितेको नेपाल २ अंकका साथ पुछारमा छ । उता ९ अंकका साथ फिलिपिन्स शिर्ष स्थानमा छ भने समान ७–७ अंक जोडेका यमन र ताजिकिस्तान गोलभिन्नताका आधारमा क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।

यसअघि सशस्त्र प्रहरीको हल्चोक खेल मैदानमा सम्पन्न होम म्याचमा यमनसँग गोलरहित बराबरी खेलेको नेपालले कतारमा भने निश्चित जित हात पार्ने योजनामा छ । यद्यपि नेपालका लागि त्यो सोंचे जति सहज भने हुने छैन । छनौट चरण अन्तरगत सोही दिन महत्वपूर्ण मानिएको खेलमा फिलिपिन्स र ताजिकिस्तान पनि भिड्दैछन् ।

यमन विरुद्ध भिड्न नेपाली राष्ट्रिय फुटबल टोलीको तयारी तस्विरहरुमा हेर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस

Loading...