थ्रीस्टार र पुलिसबीच उपाधि भिडन्त आज

बुटवल (खेलदैनिक) । प्रतिष्ठित २० औं तिलोत्तमा गोल्डकपको फाइनलमा आज रुस्लान थ्रीस्टार क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्दै छन् । बुटवलस्थित एन्फा टेक्निकल सेन्टरमा दिनको ३ बजे शुरु हुने आजको फाइनलमा दुवै टोलीले जित हात पार्दै उपाधि जित्ने दावी गरेका छन् ।

फाइनल प्रवेश गर्ने क्रममा पुलिसले सशस्त्र प्रहरीको एपिएफ क्लब र आयोजक लाली रुपन्देही–११ लाई पराजित गरेको थियो भने थ्रीस्टारले फ्रेण्डस क्लब र दावेदार मनाङ मस्र्याङ्दी क्लबलाई हराएको थियो । तिलोत्तमा गोल्डकपको उपाधि यसअघि चार पटक जितिसकेको पुलिस युवा खेलाडीको साथ पाएर आत्मविश्वासी छ ।

उता लामो समयपछि सक्रिय फुटबलमा फर्किएको थ्रीस्टार भने तिलोत्तमा गोल्डकपको उपाधि पहिलो पटक जित्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । कसले जित्ला उपाधि ? कुन टोलीलाई समर्थन गर्दै हुनुहुन्छ त ?


प्रतिक्रिया दिनुहोस

Loading...