जनम बराल
मोफसल को सर्बाधिक धनरासी पुरस्कार रहेको झापा गोल्डकप को उपाधी नेपाल आर्मी क्लबले हात पार्न सफल भएको छ ।
बिर्तामोड स्थित डुमालाल रंगसालामा आज सम्पन्न फाइनल खेलमा आयोजक झापा ११ लाई सडन डेथ मा ८-७ ले पराजित गर्दै बिभागिय टोलि त्रिभुवन आर्मी ले उपाधी आत्मसात गरेको छ ।
घरेलु दर्सकको राम्रो साथ पाएको झापाले ४९ औँ मिनेटमा कर्ण लिम्बूको गोल बाट खाता खोल्न सफल भयो । घरेलु टिमको उक्त अग्रता धेरै समय टिक्न सकेन, खेलको ७९ औँ मिनेट मा आर्मी का लागि भरत खवास ले बराबरी गोल फर्काए । यसपछि दुबै टोलि बाट गोल हुन सकेन र खेल अतिरिक्त समय मा गएको थियो ।
अतिरिक्त समय मा पनि गोल नभए पछि खेल को निर्धारण सडन डेथ बाट भएको थियो । फाइनल खेलको म्यान अफ द म्याच झापा ११ का विश्वाश श्रेष्ठ घोसित भए । उपाधी बिजेता बनेको अार्मीले १२ लाख ५१ हजार पुरस्कार हात पार्यो भने उप- बिजेता झापा ११ ले ६ लाख मा चित्त बुझाउनु परेको छ ।
यो उपाधी सँगै आर्मीले सिजनको सातौं उपाधि हात पारेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी झापा ११ का योगेश गुरुङ घोषित भए। उनले पुरस्का रस्वरुप मोटरसाइकल प्राप्त गरेका छन् । झापाका कर्ण लिम्बु उच्च गोलकर्ता घोषित हुँदै ५१ हजार नगद प्राप्त गरे ।
त्यस्तै अन्य विधामाउत्कृष्ट खेलाडी तथा प्रशिक्षकले ३१ हजार नगद प्राप्त गरे :
उत्कृष्ट गोलकिपर: विकेश कुथु (आर्मी)
उत्कृष्ट रक्षक: देवेन्द्र तामाङ (झापा)
उत्कृष्ट मिडफिल्डर: सन्तोष तामाङ (आर्मी)
उत्कृष्ट प्रशिक्षक: चुन बहादुर थापा (आर्मी)
उच्च गोलकर्ता : कर्ण लिम्बु (झापा)
फेयर प्ले : सहारा क्लब, पोखरा