घरेलु टोली झापा र आर्मीबीचको निर्णायक भिडन्त आज

बिर्तामोड (खेलदैनिक) । मोफसल कै सर्वाधिक पुरस्कार राशीको रमपम झापा गोल्डकपको फाइनलतर्फ आज घरेलु टोली रमपम झापा–११ र विभागीय त्रिभुवन आर्मी क्लब भिड्दै छन् ।

डोमालाल राजवंशी खेलमैदानमा हुने आजको भिडन्त कडा प्रतिस्प्रर्धात्मक हुने धेरैको अनुमान छ । फाइनल प्रवेश गर्ने क्रममा आयोजक झापाले सुदुरपश्चिम, युनाइटेड सिक्किम र दावेदार थ्रीस्टारलाई हराउँदै आत्मविश्वास बनेको छ । साथै झापालाई घरेलु मैदान र समर्थकको साथ पनि रहनेछ ।

उता बर्षको सातौं उपाधि जित्ने अभियानमा रहेको आर्मीले प्रतियोगितामा बाई पाएर सोझै क्वाटरफाइनल प्रवेश गरेको थियो । आफ्नो पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराएको आर्मीले सेमिफाइनलमा चिरप्रतिद्वन्द्वी मनाङको चुनौति पन्छाएको थियो ।

आज फाइनल जित्नेले उपाधिसहित १२ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । कसलाई समर्थन गर्दै हुनुहुन्छ ?


प्रतिक्रिया दिनुहोस

Loading...