दुई दावेदारको सेमिफाइनल भिडन्त आज

बिर्तामोर्ड (खेलदैनिक) । झापामा जारी रमपम तेस्रो झापा गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तरगत आज दोस्रो सेमिफाइनलमा दुई दावेदार टोली त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङ्दी क्लब भिड्दै छन् ।

बिर्ता बजारस्थित डोमालाल राजवंशी खेलमैदानमा आज ३ बजे शुरु हुने आजको रोमाञ्चक भिडन्तमा दुवै टोली जितको बलियो प्रत्याशी हुन् । प्रतियोगितामा सोझै बाई पाएर क्वाटरफाइनल खेलेका यी दुवै टोलीको लक्ष्य उत्कृष्ट जितका साथ फाइनल पुग्नु नै रहेको छ ।

सेमिफाइनलमा प्रवेश गर्ने क्रममा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो भने मनाङले सहारा क्लब, पोखराको चुनौति पन्छाएको थियो ।

कति होला त आजको नतिजा ? यी दुई दावेदार मध्ये आज कुन टिम फाइनलमा पुग्ला त ? अनुमान लगाउने जिम्मा तपाईंहरुको ।


प्रतिक्रिया दिनुहोस

Loading...