दोस्रो पाँचथर गोल्डकप चैत्र अन्तिम सातादेखि

पाँचथर (खेलदैनिक) । पाँचथर क्लब, फिदिमको आयोजनामा दोस्रो पाँचथर गोल्डकप नकआउट फुटबल प्रतियोगिता आगामी चैत्र २५ गतेदेखि शुरु हुने भएको छ ।

आयोजक क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको आवश्यक तयारी समेत शुरु गरिसकेको जनाएको छ । आयोजक क्लबका अध्यक्ष अनुराग मगरका अनुसार प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३, ०५,५५५ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले १,५५,५५५ रुपैया प्राप्त गर्नेछ । त्यसैगरी प्रतियोगिताको अनुमानित खर्च २७ लाख लाग्ने समेत आयोजक क्लबका अध्यक्ष मगरले बताए ।

प्रतियोगिताको आयोजक टोलीसहित जावलाखेल युथ क्लब, विजय युथ क्लब हेटौडा, मिशन युनाइटेड ताप्लेजुङ, रेड हर्स इलाम, सुनसरी–११, बिर्ता युनाइटेड झापा र डिएफसी मोरङले सहभागिता जनाउनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...