नेपाल लगातार पाँचौं पटक सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । कतारमा जारी छैटौँ एसियन आप्रबासी फूटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई २–० ले पराजित गर्दै लगातार पाँचौं पटक सेमीफाइनलमा प्रबेस गरेको छ ।

प्रतियोगिता अन्तरगत दोस्रो क्वाटरफाइनलमा नेपालले श्रीलंकालाई पराजित गर्ने क्रममा नेपालका लागि शिव श्रेष्ठ र राकेश सापकोटाले एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले थुप्रै गोलको अवसर खेर फालेको थियो ।

दोस्रो हापÞmको छैटो मिनेटमा श्रीलंकन खेलाडीले अर्जुन सुब्बालाई फल गर्दा पाएको फ्रिकिकलाई नेपालका कप्तान शिव श्रेष्ठले उत्कृष्ट गोलमा परिणत गर्दै नेपाललाई १–० गोलको शुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै दोस्रो हाल्फकै १९ औं मिनेटमा अर्जुन सुब्बाको पासमा राकेश सापकोटाले गोल गर्दै नेपाललाई २–० को जित दिलाउन महत्वपूर्ण भूमिका खेले । खेलमा नेपालका कप्तान शिव श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । अब सेमिफाइनलतर्फ नेपालले लेबनान र बंगलादेशबीचको बिजेतासँग आउँदो मार्च २२ तारीखका दिन खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...