झापा र थ्रीस्टारबीचको पहिलो सेमिफाइनल भिडन्त आज

बिर्तामोड (खेलदैनिक) । रमपम तेस्रो झापा गोल्डकप नकआउट फुटबल प्रतियोगितातर्फ आज पहिलो सेमिफाइनलमा आयोजक रमपम झापा–११ र रुस्लान थ्रीस्टार क्लब भिड्दै छन् ।

बिर्ता बजारस्थित डोमालाल राजवंशी खेल मैदानमा हने आजको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । यस सिजन खराब लयमा देखिएको झापाले घरेलु मैदानमा भने उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्म यात्रा तय गर्यो । आफ्नो पहिलो खेलमा सुदुरपश्चिमलाई हराएको झापाले दोस्रो खेलमा युनाइटेड सिक्किमलाई पराजित गरेको थियो ।

उता सोझै बाई पाएर क्वाटरफाइनलमा भिडेको थ्रीस्टारले भने विभागीय टोली एपिएफलाई हराउँदै अन्तिम चारमा आफ्नो सुरक्षित गरेको थियो । लय समाउने प्रयासमा रहेको झापा र लामो समयपश्चात घरेलु फुटबलमा सक्रिय भएको पाटने क्लब थ्रीस्टारबीच आज ३ बजे शुरु हुने सेमिफाइनल भिडन्त रोमाञ्चक हुने अनुमान गरिएको छ ।

कुन टिमलाई समर्थन गर्दै हुनुहुन्छ ? कति होला आजको नतिजा ?


प्रतिक्रिया दिनुहोस

Loading...