पोखरा युनिभर्सिटीलाई इन्टर टेक्निकल फुटबलको उपाधि

हेटौडा (खेलदैनिक) । सुशील कोइराला मेमोरियल फरेष्ट्री इन्टर टेक्निकल फुटबल गोल्डकप २०७४ को उपाधी पोखरा युनिभर्सिटी ‘ए’ ले जितेको छ । बुधबार भएको फाइनल खेलमा पोखरा युनिभर्सिटी ‘बी’ लाई १–० को गोल अन्तरले हराउँदै ‘ए’ ले उपाधी चुमेको हो ।

प्रतियोगितामा पोखरा युनिभर्सिटी ‘ए’ को तर्फबाट १६ आँै मिनेटमा विमान प्रधानले एक मात्र निर्णायक गोल गरे । प्रतियोगिताको म्यान अफ द म्याच पोखरा युनिभर्सिटी ‘ए’ का प्रधान नै घोषित भए । प्रतियोगितामा प्रथम र द्वितीय भएका टिमलाई क्रमश नगद १ लाख रुपैयाँ र पचास हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको सेमिफाइनल खेलमा पोखरा युनिभर्सिटी ‘ए लाई एएफयू रामपुरले हराएर विजयी भएता पनि रामपुर टिमलाई पोखरा ए ले प्रोटेस्ट हालेपछि रेफ्रीले प्रोटेस्टको आधारमा पोखरा युनिभर्सिटी ए लाई फाइनलमा प्रवेश गरेको प्रतियोगिताको कार्यक्रम संयोजक मनोज बुर्लाकोटीले जानकारी दिए ।

आठ टिमले सहभागिता जनाएको प्रतियोगिताको बेष्ट गाmेलकिपर पोखरा ‘ए’ का सन्तोष के.सी., पोखरा बि का आकाश गुरुङ बेष्ट स्ट्राइकर घोषित भए भने आयोजक फरेष्ट्री सेतो टिमका दिपेश कार्की बेष्ट डिफेन्स, मनोज बुर्लाकोटी बेष्ट मिडफिल्डर घोषित भए ।

उत्कृष्ट घोषित खेलाडीहरुलाई जनही ५ हजार रुपैयाँ पुरस्कार पाए । यसैगरी प्रतियोगिता भरी ३ गोल गर्न सफल भएका आयोजक फरेष्ट्री सेतोका सुरज विष्ट सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १५ हजार रुपैयाँ हात पारे ।


प्रतिक्रिया दिनुहोस

Loading...