ऐतिहासिक तथा प्रतिष्ठित तिलोतमा गोल्डकप आजदेखि, आयोजक र सुदुरपश्चिम भिड्दै

बुटवल (खेलदैनिक) । नेपालकै पुरानो र प्रतिष्ठित मध्ये एक तिलोतमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको २० औं संस्करण आजदेखि बुटवलमा शुरु हुँदैछ ।

बुटवल उपमहानगरपालिकाको विशेष संरक्षकत्व तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा शुरु हुन गईरहेको आजको उदघा्टन खेलमा आयोजक लाली रुपन्देही–११ र सुदुरपश्चिम–११ भिड्दै छन् ।

यशोदा फुड्स प्रा.लि.को मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ७,७७,७७७ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले ४,४४,४४४ रुपैया प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल प्राप्त गर्नेछन् ।

बुटवलस्थित एन्फा टेक्निकल सेन्टरमा आउँदो चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा गत संस्करणको विजेता सिएमजी संकटा क्लबसहित नेपालभरिका शिर्ष १० टोलीहरुले सहभागिता जनाउँदैछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...